Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • विहारमा कोरोना संक्रमित थपिँदा प्रदेश २ मा बढ्याे जाेखिम

    विहारमा कोरोना संक्रमित थपिँदा प्रदेश २ मा बढ्याे जाेखिम

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ। भारतीय राज्य विहारमा कोरोना संक्रमित थपिँदै जाँदा नेपालमा समेत जोखिम बढेको छ ।

    प्रदेश नम्बर दुईका ८ जिल्लासँग सीमाना जोडिएका विहारका ४ जिल्लामा ५१ भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । प्रदेश २ को ४ सय ६५ किलोमिटर सिमाना भारतको विहार राज्यका विभिन्न जिल्लासँग जोडिएको छ ।



    कोरोनाको जोखिम बढ्दै जाँदा दैनिक रुपमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयको संख्या बढेको समाचारहरु सार्वजनिक भएका छन् ।



    सीमावर्ती क्षेत्रमा संक्रमणको दर बढ्दै जाँदा नेपाल छिर्ने क्रम तीव्र बन्दा प्रदेश–२ मा संक्रमणको जोखिम थपिएको हो । प्रदेश–२ पछिल्लो तीन दिनमा मात्रै लुकिछिपी नेपाल प्रवेश गरेका तीन सय नेपालीलाई नियन्त्रणमा लिएर भारततर्फै पठाइएको छ । महोत्तरी, धनुषा र सप्तरीको सीमा नाकाबाट उनीहरुलाई फर्काइएको हो ।

    प्रदेश २ मा पर्सा, रौतहट, सर्लाही र बाराका गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार