Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ओलीले राष्ट्रवादको नाममा प्रतिगमन गरेर ठगे, एमालेलाई स्थानीय चुनावबाटै रोक्नु पर्छ : पौडेल

    ओलीले राष्ट्रवादको नाममा प्रतिगमन गरेर ठगे, एमालेलाई स्थानीय चुनावबाटै रोक्नु पर्छ : पौडेल

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताएका छन् ।

    नेता पौडेलले एमाले अध्यक्ष केपी ओली राजनीतिक स्थिरता खलबल्याउने निम्ति नायक भएको आरोप लगाए । उनले ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र संघ गरेर तीनै तहका चुनावमा पराजित गर्नुपर्ने बताए ।



    ‘‘एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ’’, पौडेलले भने । ओलीकै कारण संसद, अदालत, संवैधानिक निकायमा अस्थिरता निम्तिएको उनको भनाइ छ।



    ओलीले तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै राष्ट्रवादको नाममा प्रतिगमन गरेर ठगेको पौडेलको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार