Online Nepal
  • बुधबार, १० पुष २०८१
  • लाग्यो चुनाव : राष्ट्रियसभामा नमुना मतदान

    लाग्यो चुनाव : राष्ट्रियसभामा नमुना मतदान

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 2K
    SHARES

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा नमूना मतदान गरिएको छ । मतदान अधिकृतहरुको तालिमलाई प्रभावकारी बनाउन राष्ट्रिय सभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर नमूना मतदान गरिएको हो ।

    नमूना मतदानमा बिभिन्न पालिकाका मतदान अधिकृतहरुको सहभागीता रहेको थियो । सो क्रममा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम प्रदान गरिएको थियो ।



    मतदानमा महिला, पुरुष, अशक्त लगाएतको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिने बारे जानकारी गराइएको थियो ।



    त्यस्तै मतदानका क्रममा हुनसक्ने अप्रिय घटनाका बारेमा पनि अभ्यास गराइएको थियो । सो क्रममा मतदान कसरी गर्ने, मत बदर हुन नदिन के गर्ने भन्नेबारेमा जानकारी गराइएको थियो ।

    काठमाडौं महानगरपालिकामा मतदानको समयमा कुनै पनि समस्या नआउन् भनेर तयारीस्वरुप नमुना मतदान गराइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, मतदाता, मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार