Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक, नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’

    नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक, नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ ।

    युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् ।
    गन्डकी प्रदेशमा हुने नवौं खेलकुदमा कस्तुरी मृगको मस्कट रहने भएको छ भने नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् ।



    लोगोको शीर्ष स्थानमा पोखराको पहिचानका रुपमा माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको छ ।
    कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो ।



    गत वैशाख ४ गते राखेपले नवौंका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारको व्यवस्थासहित सार्वजनिक सूचना जारी गरेको थियो ।

    सूचनाअनुसार लोगोका लागि १३ र मस्कटका लागि चार आवेदन परेको थियो । लोगोमध्येबाट भोलाको कला छनोट भए पनि मस्कटमा चारै आवेदनले मापदण्ड पूरा नगरेपछि भोलालाई नै बनाउने जिम्मा दिइएको राखेपले जनाएको छ ।

    लोगो र मस्कट बनाउनेले क्रमसः ५० र २५ हजार तथा नारा बनाउनेले १० हजार पुरस्कार पाएका छन् । राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि गीत पेस गर्न पनि सूचना जारी गरेकोमा एउटामात्र आवेदन परेकोले हाललाई गीत छनोटको प्रक्रिया स्थगित गरिएको परिषद्ले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार