Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • चुनाव आउन अब ६ दिन बाँकी : तयारी तीव्र, प्रदेश र जिल्लामा काम अन्तिम चरणमा

    चुनाव आउन अब ६ दिन बाँकी : तयारी तीव्र, प्रदेश र जिल्लामा काम अन्तिम चरणमा

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । निर्वाचनका लागि लागि आवश्यक मतपत्र ढुवानीको काम सकिएको आयोगले जनाएको छ ।

    चुनावको मत खसाल्ने मुख्य दिन आउन अब ६ दिन मात्रै बाँकी छ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।



    आयोगले मतपत्र छपाइ भएको ठाउँ भक्तपुरको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि मतपत्र ढुवानी गरी सुरक्षा प्रबन्धका साथ पठाएको हो ।



    सडकमार्ग सहज नभएका जिल्लामा हवाई मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराएर चाँडै स्थानीय केन्द्रमा ढुवानी गर्ने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले बताए ।

    निर्वाचन आयोगका प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार