Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कपिलवस्तुमा आज भेटिएका कोरोना संक्रमित कहाँबाट आएका थिए?

    कपिलवस्तुमा आज भेटिएका कोरोना संक्रमित कहाँबाट आएका थिए?

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 1.9K
    SHARES

    बुटवल । कपिलवस्तुमा आज भेटिएका १० जना काेराेना संक्रमित लकडाउनमा लुकिछिपी भारतबाट नेपाल प्रवेश गरेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलका अनुसार उनीहरू लकडाउनमै भारतको महाराष्ट्रबाट खेतको बाटो भएर फर्किएको खुल्न आएको छ।

    भारतबाट फर्किएको थाहा पाउने वित्तिकै उनीहरूलाई गाउपालिका र नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको थियो । आज पुष्टि भएकाहरू भारतीय सिमावर्ती यशोधरा गाउँपालिका–५ बदौली गाउँका ८ जना, बुद्धभूमि नगरपालिका–१० र ७ हरिहरपुरका १/१ जना रहेका छन् ।



    उनका अनुसार यसअघि ५ कोरोना पुष्टि भएका र आज थपिएका १० युवा १ साताको अन्तरमा भारतबाट नेपाल प्रवेश गरेका हुन् । प्रमुख जिल्ला अधिकारी पौडेलले संक्रमित क्षेत्रमा स्वाथ्यकर्मी सहितको टोली पठाइसकिएको र सिमावर्ती यशोधरा गाउपालिकालाई उच्च निगरानीमा राखिएको बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार