Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भीआईपी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सीमामा खटाउने निर्णय

    भीआईपी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सीमामा खटाउने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सीमामा खटाउने निर्णय भएकाे छ। भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुरक्षाका लागि खटाउने निर्णय गरेकाे हाे।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिए ।



    सीमा क्षेत्रमा हाल २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालन भएका छन् । सीमामा सुरक्षा संयन्त्र बढाउने योजनाअन्तर्गत यस्तो निर्णय गरिएको ज्ञवालीले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार