Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • जिम्बाब्बे ‘ए’ लाई नेपालको सामान्य लक्ष्य

    जिम्बाब्बे ‘ए’ लाई नेपालको सामान्य लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बे ‘ए’ लाई नेपालले १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गर्‍याे ।



    नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे ।



    त्यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार