Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सुजाताको तर्क: कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्छ

    सुजाताको तर्क: कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।भारतले लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै अहिले नेपालमा चौतर्फी रुपमा बिरोध भइरहेको छ।

    शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उद्घाटन गरेका थिए।



    यस बिषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत बिरोध जनाएको छ भने सरकारले सीमा मिचिएको कुरा अहिले नभइ बिगतका शाशकका पालादेखी नै भएको दाबी गरेको छ।



    भारतले नेपाली भूमि मिच्दा नेपालमा भने नेताहरुबीच अहिले आरोप -प्रत्यारोप चलिरहेको छ। त्यसो त  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा राखेको कुरा अहिले बाहिर आएको छ। कोइरालाको अभिव्यक्तिबाट पनि भारतले उक्त सडक पहिल देखी नै निर्माण गरेको र काँग्रेस चुप लागेर बसेको पुस्टि हुन्छ।

    पुष २० मा नै प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै  कोइरालाले भनेकी थिइन ,‘नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा मिचिएको कुरा छ, यसको बारेमा झगडा र गाली गरेर वा पुत्ला जलाएर समस्याको समाधान हुँदैन् । यसको लागि दुवै पक्षबीच वार्ता गर्नुपर्छ । नेपाल सरकारको तर्फबाट जुन पहल हुनुपर्दथ्यो त्यो भएको छैन । कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्यो ।’

    उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–बंगलादेशबीचको समस्या समाधान कुशलतापूर्वक गरेको वताएकी थिइन । उनले भनेकी थिइन,‘भारतसँग नेपालले यी भूमी फिर्ता गराउन सक्दैन् । त्यसैले नेपालले पनि भारत र चीनसँग कुनै ठाउँको जमिन लिएर हुन्छ भने समस्याको समाधान गर्नुपर्छ । हाम्रो लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतलाई लिजमा  दिनु पर्छ । ‘

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार