Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारत सरकारको विरोधमा राँके जुलुस

    भारत सरकारको विरोधमा राँके जुलुस

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 2.7K
    SHARES

    गोरखा । भारत सरकारको विरोधमा आइतबार साँझ गोरखा सदरमुकाममा राँके जुलुस प्रदर्शन भएको छ । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा राँके जुलुस प्रदर्शन गरिएको नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले जानकारी दिए ।

    लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, नालायक सरकार राजीनामा दे, सीमा मिच्न पाइदैन जस्ता नारा लगाउँदै नेपाल विद्यार्थी संघका युवा हातमा राँको लिएर सडकमा निस्किएका थिए । उनीहरुले गोरखा सदरमुकामको घ्याम्पेशाल चोकदेखि हरमटारी चोकमा जुलुससहित कोण सभा गरेका हुन् ।



    कोणसभामा बोल्दै संघका अध्यक्ष अधिकारीले भारत सरकारले धार्चुलाबाट लिपुलेकसम्म सडक निर्माण गरेको विषयमा सरकार उदासिन बनेको आरोप लगाएका थिए । आफ्नो भूमी मिचिँदासमेत सरकारले पत्तो नपाउनु देश प्रतिको र नेपाली जनता प्रतिको अन्तर्घात भएको आरोप लगाउँदै नेविसंघले राँके जुलुस निकालेको अधिकारीले बताए ।



    ‘आफ्नो भूमी मिचिँदा सरकार मौन छ । सरकारको आधिकारीक प्रतिक्रिया आएको छैन । फिर्ता ल्याउन कुनै पहल भएको छैन’, उनले भने, ‘सही छाप नभएको विज्ञप्ती जारी गर्नुले सरकार डराएको प्रष्ट हुन्छ ।’ वर्तमान सरकार भष्ट्राचारमा डुबेको, भूमि मिचिँदा मौन बसेको लगायत कारणले राजीनामा दिनुपर्ने माग अध्यक्ष अधिकारीले गरे ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार