Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काभ्रे दुर्घटना : अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, तीन सदस्यीय छानबिन समिति गठन

    काभ्रे दुर्घटना : अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, तीन सदस्यीय छानबिन समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 924
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले काभ्रे दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

    काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धानका लागि छानबिन समिति बनाउन निर्देशन दिएका हुन् ।



    गृहमन्त्रीको निर्देशन लगत्तै काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएका हुन् ।



    समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य रहेका छन् । बुधबार दिउँसो भारतीय पर्यटक बोकेको मिनीबस र जिप एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार