Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • पूर्वी नवलपरासीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते

    पूर्वी नवलपरासीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 2K
    SHARES

    काठमाडौं । पूर्वी नवलपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् ।

    नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।



    हुप्सेकोट गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानामाथि एमाले कार्यकर्ताले मंगलबार आक्रमण गरेको कांग्रेसको आरोप छ ।



    लक्ष्मीदेवी निवर्तमान गाउँपालिका अध्यक्ष पनि हुन् । ५०/६० वटा मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गरेको कांग्रेसको दाबी छ ।

    यस्तै उम्मेदवार पाण्डे सवार स्कारपियो पनि तोडफोड गरिएको छ । एमालेले भने कांग्रेसले आफ्ना कार्यकर्तमाथि आक्रमण गरेको दाबी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार