Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कर्णालीमा ८ दिन थपियो सार्वजनिक बिदा

    कर्णालीमा ८ दिन थपियो सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.5K
    SHARES

    कर्णाली । कर्णाली प्रदेश सरकारले वि.सं. २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गएको चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।

    सरकारले सार्वजनिक बिदा थप गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो । ऐतिहासिक दिनका रूपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ ।



    त्यस्तै, साउन १ गतेलाई साउने संक्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए । साउन १७ गते साउन शुक्ल पञ्चमी (नाग पञ्चमी), भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, असोज २३ गते शुक्ल ९कोजाग्रत० पूर्णिमा, चैत्र १६ गते चैत्र शुक्ल नवमी (रामनवमी) मा प्रदेशभर बिदा दिइने सचिव भुसालले बताए ।



    उनका अनुसार असोज कृष्ण त्रयोदशीका दिन भने चन्दननाथ बाबा मेलाको सार्वजनिक बिदा दिने निर्णय भएको छ । यस दिनमा भने जुम्ला जिल्लामा प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरुमा बिदा हुने प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । -रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार