Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • निर्वाचन आचारसंहिता उल्लघंन

    निर्वाचन आयोगले माग्यो कांग्रेस र माओवादी केन्द्रसँग जवाफ

    निर्वाचन आयोगले माग्यो कांग्रेस र माओवादी केन्द्रसँग जवाफ

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग जवाफ समेत माग गरेको छ ।

    निर्वाचनमा प्रचार गरिएको पर्चाको विषयलाई लिएर आयोगले कांग्रेसलाई तीन दिनभित्र जानकारी सहितको जवाफ माग गरेको गरेको हो ।



    पार्टीको केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएको हुँदा पर्चा राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ माग गरेको हो ।



    त्यस्तै माओवादी केन्द्रसँग पनि निर्वाचन आयोगको जवाफ माग गरेको छ । आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै आयोगले नेकपा (माओवादी केन्द्र) काठमाडौंसँग जवाफ माग गरेको हो ।

    माओवादी केन्द्र कलैया उपमहानगरपालिका–२३ का वडाअध्यक्ष विक्रम साह लगायतका व्यक्तिले चुनाव चिह्न अङ्कित टिसर्टसहित प्रचारमा देखिएको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएको भन्दै आयोगले जवाफ माग गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार