एजेन्सी । लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई ३–२ गोलले पराजित गरेको हो ।
भिल्ला रियलको घरेलु मैदानमा पहिलो हाफमा डीया र कोकिलिनले एकरएक गोल गरे । लिभरपुलको जितमा फर्बिन्हो, लुइस डियाज र साडियो मानेले एक÷एक गोल गरे ।
पहिलो लेगमा लिभरपुलले घरेलु मैदानमा २–० को जित निकालेको थियो । समग्रमा लिभरपुल ५–२ गोलको अग्रतासहित फाइनलमा पुगेको छ । अब लिभरपुलले उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी बिचको विजेतासँग खेल्नेछ ।
Leave a Reply