काठमाडौं । नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ को सचिवालय गठन गरेको छ । उपसभापति एवं समिति संयोजक पूर्णबहादुर खड्काले मंगलबार साँझ सचिवालय गठन गरेका हुन् ।
सचिवालयको संयोजकमा केन्द्रीय सदस्य नानु बाँस्तोल रहेकी छन्। यस्तै, सदस्यहरूमा डा. सुरेश आचार्य, डा. प्रभु वुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले रहेका छन्।
सचिवालयले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति र उपसमितिहरूले गरेका निर्णय कार्यान्वयनको अवस्थाबारे संयोजन गर्नेछ।
यस्तै, कांग्रेसका विभिन्न सांगठनिक संरचनाहरूले स्थानीय तहको निर्वाचनमा पार्टीको विजय अभियानलाई सफल बनाउनका लागि गरिरहेका कामहरुको जानकारी लिने र संयोजकको परामर्शमा समन्वय र संयोजनसहित आवश्यक कार्य गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
Leave a Reply