Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • स्थानीय चुनाव : देउवा र पौडेलसहितका नेताले देशका १० ठाउँमा सम्बोधन गर्ने, कहाँ कहिले ?

    स्थानीय चुनाव : देउवा र पौडेलसहितका नेताले देशका १० ठाउँमा सम्बोधन गर्ने, कहाँ कहिले ?

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.3K
    SHARES

    तस्बिर :रासस

    काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार चुनावी सभा हुन लागेको हो ।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन परिचालन समितिको निर्णयअनुसार २१ देखि २७ वैशाखसम्म हुने चुनावी सभाहरूमा सभापति शेरबहादुर देउवासहितका नेताहरूले सम्बोधन गर्नेछन् । देउवाले वैशाख २१ गते मोरङको विराटनगर, वैशाख २२ गते चितवनको भरतपुर, वैशाख २३ गते काठमाडौंमा सम्बोधन गर्ने छन् ।



    यस्तै, वैशाख २४ गते बिहान ११ बजे रूपन्देहीको बुटवल तथा सोही दिन मध्याह्न साढे १२ बजे तनहुँको दमौली, दिउँसो २ बजे धनुषाको जनकपुरमा सम्बोधन गर्ने छन् । उनले वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरा, दिउँसो २ बजे दाङको तुलसीपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् ।



    मुख्य सचिव पौडेलकाअनुसार सभापति देउवाले वैशाख २६ गते कैलालीको धनगढी तथा ववैशाख २७ गते गृह जिल्ला डडेल्धुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् । सभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरूले गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार