Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ईश्वर पोखरेलले उठाएका उम्मेदवार पक्राउ पर्दै

    ईश्वर पोखरेलले उठाएका उम्मेदवार पक्राउ पर्दै

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.4K
    SHARES

    ओखलढुंगा । नेकपा एमालेबाट ओखलढुङ्गाको लिखु गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

    काठमाडौं प्रहरी परिसरले काठमाडौं जिल्ला प्रशासन कार्यलयबाट मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यलयबाट होमबहादुर बिष्टको नाममा दोहोरो नागरिकता लिएको भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।



    ओखलढुङ्गाका डीएसपी सुकदेव खनालले अध्यक्ष उम्मेदवार विष्टविरूद्ध काठमाडौं प्रहरी परिसर र भक्तपुर जिल्ला अदालतबाट पक्राउका लागि पत्र आएको जानकारी दिए ।



    भक्तपुर जिल्ला अदालतले सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा बिष्टलाई जेल सजाय सुनाएको छ । सोही मुद्दाको अभियोगमा जिल्ला अदालतले भक्तपुरले पक्राउ पुर्जी जारी गरेको हो ।

    बिष्ट सरकारी कागजात कीर्तेमा पटक पटक जेल बसिसकेका पात्र हुन् । चेक अनादरका मुद्दा समेत उनका बिरुद्ध प्रहरीमा धेरै वटा रहेका छन् ।

    एमाले नेता ईश्वर पोखरेल निकट विष्टलाई उनकै दबाबमा एमालेले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिकाबाट अध्यक्ष पदमा उम्मेदवारी बनाएको थियो ।

    लिखु गाउँपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा बिष्ट बिरुद्ध उजुरी परेको छ । पोखरेलकै आशिर्वाद पाएर उम्मेदवार बनेका विष्टविरुद्व उजुरी परे पनि निर्वाचन आयोगले भने उम्मेदवारी खारेज गरेको थिएन । विष्टविरुद्ध पक्राउपुर्जी जारी भइसकेको अवस्थामा उनको उम्मेदवारी खारेज हुन सक्ने आयोग स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार