Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेपाली भूमि मिचेको भन्दै भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

    नेपाली भूमि मिचेको भन्दै भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । नेपाली भूमि कालापानी र लिपुलेक अतिक्रमण गरेर सडक बनाउने भारतविरुद्ध सडकदेखि सदनमा बहस भइरहेकाे छ। साेही क्रममा स्वतन्त्र रूपमा प्रदर्शनकारीले आइतवार साँझ कलंकीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन्।

    जनता दरबार नामक संगठनका कार्यकर्ताले नाराबाजी गर्दै मोदीको पुत्ला जलाएका हुन्। नेपाल सरकारले भारतीय अतिक्रमणविरुद्ध प्रेस विज्ञप्ति निकाल्दा पनि नलायकीपन देखाएको उनको आरोप थियो।



    संगठनका अध्यक्ष एसपी शाहले भारतले हस्तक्षेपकारी नीति देखाएर नेपालको सार्वभोमसत्तामाथि चुनौती दिन खोजेको र नेपाल सरकार त्यसमा लाचार बनेको भन्दै मोदीको पुत्ला जलाउन बाध्य भएको बताए।



    अध्यक्ष शाहले भारतले बनाएको लिपुलेकको बाटो भएर मानसरोवर जानेलाई कारवाही गर्ने चेतावनी समेत दिए। भारतले नेपाल आमाको छातीमा छुरा चलाएको भन्दै उनले आक्रोश पोखे।
    यसअघि आजै माइतिघरमा भारतविरुद्ध प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार