Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • ओलीको आरोप – कमिसनको लोभमा अर्बौंको औषधि खरिद गर्ने तयारी भइरहेको छ

    ओलीको आरोप – कमिसनको लोभमा अर्बौंको औषधि खरिद गर्ने तयारी भइरहेको छ

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकार कमिसनको लोभमा अर्बौ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।

    मे दिवसको सन्दर्भ पारेर आइतबार हेटौंडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए ।



    ‘अर्बौंको औषधि, सिटी स्क्यान, एक्स(रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।’



    उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्याक्सिन हराएको विषयमा समेत टिप्पणी गरे । ‘२४ लाख भ्याक्सिन निल्यो । अब अर्बौको औषधि खरिद हुँदैछ’उनले भने ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार