Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सबै अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्न मन्त्रालयकाे निर्देशन

    सबै अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्न मन्त्रालयकाे निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई ओपिडी सेवा सञ्चालन गर्नको लागि निर्देशन दिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ओपिडी सेवा अवरुद्द भएको छ ।

    धेरै लामो समयदेखि सर्वसाधारणले आवश्यक सेवा बाट बञ्चित भइरहेको भन्दै डा. मन्त्रालयका प्रवक्टा डा. विकास देवकोटाले संक्रमण रोग नियन्त्रणका सावधानी र सुरक्षा अपनाएर अस्तालहरुमा ओपिडी सेवा सूचारु गर्ने आग्रह गरे ।



    ‘नन कोभिडका बिरामीलाई जनस्वास्थ्यका हिसाबले पाउनु पर्ने सबै सेवाहरु पाउनु पर्ने हुन्छ,‘ डा. देवकोटाले भने,‘ संक्रमण रोग नियन्त्रणका सावधानी र सुरक्षा अपनाएर अस्तालहरुमा ओपिडी सेवा सञ्चालन गर्नु ।’



    अन्य जनस्वास्थ्यका कार्यक्रम पोषण,मातृत्व परिवार नियोजन लगायतका सेवा सूचारु गर्दै सबै स्वास्थ्य सेवा नियमित मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार