Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काेराेना अपडेट: १ सय ६४ जना शंकास्पद बिरामी, ७३ हजार बढीकाे परीक्षण

    काेराेना अपडेट: १ सय ६४ जना शंकास्पद बिरामी, ७३ हजार बढीकाे परीक्षण

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना आशंका गरिएका १ सय ६४ जनाको आइसोलेसनमा उपचार भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार उपत्यकामा ३ र उपत्यका बाहिर १ सय ६१ जना कोरोना शंकास्पद बिरामीको उपचार भइरहेको छ। प्रदेश १ मा २३, प्रदेश २ मा ४५, बागमती प्रदेशमा ३ र प्रदेश ५ मा ३८ जना आइसोलेसनमा उपचार भइरहेका मन्त्रालयले जनाएको हो।

    हालसम्म कोरोना आशंकामा पिसिआरबाट १६ हजार ८ सय ९८ र र्‍यापिट टेस्टबाट ५६ हजार ६ सय ५७ नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
    गत २४ घण्टामा १ हजार ३ सय १६ परीक्षण भएको छ।



    र्‍यापिट टेस्टमा प्रदेश १ मा ७ हजार ५५ , प्रदेश २ मा ५ हजार ८ सय ९०, बागमती प्रदेशमा ९ हजार १ सय ८१, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ६ सय ७४, कर्णाली प्रदेशमा ६ हजार ३ सय ६३ र सुदुरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० को नमुना परीक्षण भएको छ।



    आइतबार देशभर १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १ हजार २ सय ३८ , प्रदेश २ मा १ हजार ४ सय ४३ बागमती प्रदेशमा १ सय १०, गण्डकी प्रदेशमा २ सय ४२, प्रदेश ५ मा ४ हजार ९ सय ४२, कर्णाली प्रदेशमा २ हजार ३ सय २६ र सुदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय २४ जना क्वारेन्टाइनमा रहेका छन्।

    हालसम्म कोरोना संक्रमित १ सय १० जना रहेका छन्। जसमध्ये पुरुष ७८ र महिदा ३२ जना रहेका छन्। प्रदेश १ मा ३५, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्। संक्रमित मध्ये ३१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

    विरगञ्जमा २७, विराटनगरमा ३१, रुपदेन्हीमा ६, नेपालगञ्जमा २४ र भरतपुरमा १ जना गरी ७९ जना उपचारमा रहेका छन्। उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार