Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने

    बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.6K
    SHARES

    नेपालगञ्ज । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ ।

    नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए ।



    सीमा क्षेत्रको दशगजा क्षेत्रमा कडाई गर्नुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने र ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराकाे बेचविखन र सेवनमासमेत रोक लगाउने निर्णय भएको प्रजिअ खत्रीले बताए ।



    जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाई गरेको र सुरक्षाकर्मीले सयुक्त सुरक्षा गस्तीसमेत गरेका छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार