Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्य बृद्धि

    आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्य बृद्धि

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.8K
    SHARES

    फाइल फोटो

    एजेन्सी । आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ ।

    यो ६ हप्ताकाे अवधिमा दोस्रोे बृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन किलर्स र मुटुसम्बन्धी औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि गरिएको हो । श्रीलंकामा औषधिको चरम अभाव देखिएको छ । आपूर्तिको लागि विदेशमा नै निर्भर गर्नुपर्ने बाध्यता छ ।



    सरकारले खाद्यान्न र औषधिहरूसहित केही आवश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । ‘यो सरकारले स्वेच्छाले गरेको निर्णय होइन’, श्रीलंकाका सञ्चार मन्त्री नालाका गोदाहेवाले भने ।



    रुपैयाको अवमूल्यन र अधिकांश औषधि निजी क्षेत्रबाट आयात हुने भएकाले सरकारसँग विकल्प नभएको उनले बताए । मूल्य बृद्धि नगरे गम्भीर अभाव हुन सक्ने उनले बताए । औषधि अभावले तोकिएभन्दा कम औषधि किन्न बाध्य भएको भन्दै स्वास्थ्यकर्मी चिन्तित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार