Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • भारतमा कोभिड–१९ काे कहर: संक्रमितकाे संख्या ६२ हजार नाघ्याे

    भारतमा कोभिड–१९ काे कहर: संक्रमितकाे संख्या ६२ हजार नाघ्याे

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) बाट भारतमा संक्रमितको संख्या ६२ हजार नाघेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांक अनुसार ६२ हजार ८ सय ८ पुगेको हो ।

    यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ सय १ पुगेको छ भने १९ हजार ३ सय १ जना उपचारपछि निको भएका छन् । महाराष्ट्र, गुजरात र दिल्ली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित राज्य हुन् ।



    कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतले मार्च २४ देखि लकडाउन जारी राखेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार