Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • प्रतिगमनविरुद्ध नयाँ संकल्प लिन परिवर्तन र न्यायका पक्षधरलाई प्रचण्डको आह्वान

    प्रतिगमनविरुद्ध नयाँ संकल्प लिन परिवर्तन र न्यायका पक्षधरलाई प्रचण्डको आह्वान

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिन भएको बताएका छन् ।

    उनले श्रमजीवि जनसमुदाय, कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिन आग्रह गरेका छन् ।



    संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवि वर्गले नेतृत्वदायी भूमिका निर्वाह खेल्न सक्ने अपेक्षा पनि गरेका छन् ।



    मजदुर दिवसको शुभकामना दिँदै उनले निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्न आम मजदूरसँग आग्रह गरेका छन् ।

    ‘नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् श्रमजिवि जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन्,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार