Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • अन्तत: अटेरी अभियानका गनेसले नै पाउने भए चुनाव चिन्ह ‘लौरो’

    अन्तत: अटेरी अभियानका गनेसले नै पाउने भए चुनाव चिन्ह ‘लौरो’

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1K
    SHARES

    काठमाडौं । अटेरी अभियानबाट पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले अन्तत: ‘लौरो’ चुनाव चिह्न पाएका छन् ।

    शनिबार सुरुमा चुनाव चिह्न वितरण गर्दा पौडेलले ‘लौरो’ चिह्न पाएका थिए। तर, पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पौडेललाई फोन गरेर उक्त चिह्न दिन नसकिने बताएको थियो।



    मुख्य निर्वाचन अधिकृतको कार्यालयले ‘लौरो’ दिन नसकिने बताएपछि अटेरी समूहका कार्यकर्ताहरुले निर्वाचन अधिकृतको कार्यालय अगाडि प्रदर्शन गरेका थिए।



    एकाएक किन खासियो मेयरका उम्मेदवार गनेसको चुनाव चिन्ह ‘लौरो’

    निर्वाचन कार्यालय पोखराले शनिबार बिहान पौडेललाई उक्त चुनाव चिन्ह प्रदान गरेपनि दिउसो भने फिर्ता भएको परिपत्र पठाएको हो । चुनाव चिन्ह लिएर प्रचारप्रसारमा लागेका बेला चुनाव चिन्ह फिर्ता भएको जानकारी आएको उनले बताए ।

    पौडेलले निर्वाचन कार्यालयले बिहान १० बजे आफूहरुलाई चिह्न छनोट गर्न लगाएर दिउँसो भने दिन नसकिने भन्दै खबर दिएको जानकारी दिए । उनले भने–‘पहिले अरु स्वतन्त्र साथीहरुलाई चुनाव चिह्न रोज्न लगाएर बचेको लौरो मैले लिएको हुँ । तर, घर आइसकेपछि दिन्न मिल्दैन भन्दै खबर पठाएको छ ।’

    मुख्य निर्वाचन अधिकृतक श्रीकृष्ण भट्टराईले आफूहरुको प्राविधिक त्रुटिका कारण पौडेलले ‘लौरो’ चिह्न प्रदान गरिएको तर, पोखराको हकमा दिन नमिल्ने निर्वाचन आयोगले परिपत्र पठाएको जानकारी दिए ।

    स्वतन्त्र उम्मेदवार बढी भएको ठाउँमा मात्रै लौरो चिह्न दिन सकिने तर, पोखरामा थोरैमात्रै स्वतन्त्र उम्मेदवार भएकाले उक्त चुनाव चिह्न दिन नसकिने गरी परिपत्र पाएको भट्टराईले जानकारी दिए । पोखराको मेयरका लागि २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मतपत्रको वर्णानुक्रममा लौरो सातौं नम्बर भन्दा पछाडि छ ।

    भट्टराईले भने–‘७ अंकसम्म भएको चुनाव चिन्ह बाँड्न हामीलाई निर्वाचन आयोगले राति परिपत्र पठाएको रहेछ । हामीले कामको व्यवस्तताका कारण दिउँसोमात्रै देख्यौं । आयोगको निर्देशनभन्दा बाहिर हामी जान सक्दैनौं ।’

    यता, मेयरका उम्मेदवार पौडेलले भने निर्वाचन कार्यालयले गरेको गल्ती आफूले स्वीकार नगर्ने भन्दै अर्को चुनाव चिह्न नलिने अडान राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार