Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी, सत्तारुढ दलबीचको गठबन्धन ‘पवित्र’ : पौडेल

    ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी, सत्तारुढ दलबीचको गठबन्धन ‘पवित्र’ : पौडेल

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    ओली नेतृत्व चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी, सत्तारुढ दलहरुबीचको चाहिं ‘पवित्र गठबन्धन’ ः पौडेलकाठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेस नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरू बीचको ‘पवित्र गठबन्धन’ भनेका छन् ।

    एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका उनले सत्तारुढ दलको गठबन्धनलाई भने ‘पवित्र गठबन्धन’ भनेका हुन् ।



    तनहुँको भानु नगरपालिकामा आज आयोजित कांग्रेसका उम्मेदवाहरूको परिचयात्मक कार्यक्रममा नेता पौडेलले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूका बीचमा गठबन्धन भएको दाबी गरे ।



    पौडेलले कांग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र कांग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गरे ।

    उनले भने–‘चुनावमा जाँदा जनतामा कन्फ्युजन हुने कुारा बोल्न हुँदैन् । विकास र रजनीतिलाई लिएर जान कांग्रेस चाहान्छ । गाउँको विकास र लोकतन्त्र जोगाउछौं । लोकतन्त्र संविधान जोगाउन गठबन्धन षरेको हो । राजनीति स्यायी गरेर विकासको बाटो डोर्‍याउन गठबन्धन गरिएको हो ।’

    उनले कांग्रेसले विदेश पलायन हुने अवस्था रोक्नका लागि गाउँमा आम्दानी गाउँमै रोजगारीको अभियान थाल्न लागेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार