Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • केशव स्थापितको उम्मेदवारी नै रद्द गर्न ४५ वटा संस्थाको माग, समस्यामा एमाले

    केशव स्थापितको उम्मेदवारी नै रद्द गर्न ४५ वटा संस्थाको माग, समस्यामा एमाले

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । ‘मी टु’ को समेत आरोप लागेका काठमाडौंका मेयर पदका उम्मेदवार केशव स्थापितलाई कारबाही गर्न अधिकारवादी संस्थाहरुले माग गरेका छन् । उम्मेदवार बनेपछिको स्थापितको अभिव्यक्तप्रति महिला मानवअधिकार संघ संस्थाहरूले आपत्ति जनाउँदै कारबाहीको माग गरेका हुन् ।

    एक सार्वजनिक कार्यक्रममा एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका छन् ।



    विज्ञप्तिमा भनिएको छ–‘यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ ।’



    स्थापितको अभिव्यक्ति संविधानमा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको हक, समानताको हक, शोषणविरूद्धको हक र सामाजिक न्यायको हकविरूद्ध भएको अधिकारवादी संघ संस्थाको ठहर छ । स्थापितमाथि कारबाही भएको खण्डमा आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएको नेकपा एमालेलाई भने ठूलो समस्या पर्ने देखिन्छ ।

    ‘मी टू’ को समेत आरोप लागेका स्थापितले भने आरोपबार उत्तेजक प्रतिक्रिया दिदै आएका छन् । सोही विषयमा प्रश्न गर्दा एक सार्वजनिक कार्यक्रममै प्रश्नकर्तालाई उनले अपमानजक शब्द प्रयोग गर्दै जंगिएका थिए ।

    दुई वर्षअघि काठमाडौं महानगरपालिकाकी एक पूर्व कर्मचारीले तत्कालिन मेयर स्थापितले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । अहिले पनि ति महिलाले स्थापितको विरुद्ध आवाज उठाइरहेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार