काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करीब चार हजारले फिर्ता लिएका छन् ।
वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा शुक्रवार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करीब ४ हजारले फिर्ता लिएका जानकारी प्राप्त भएको बताए ।
सो प्रणालीमा शुक्रवार ७ बजेसम्मको विवरणअनुसार १ लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् । वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ ।
Leave a Reply