Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चार दिनदेखि दशगजामा बास

    दुवै देशका सुरक्षाकर्मीले भाग्न लागेको भनेर गोली हान्छन् कि भन्ने डर

    दुवै देशका सुरक्षाकर्मीले भाग्न लागेको भनेर गोली हान्छन् कि भन्ने डर

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2K
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । कोभिड –१९ का कारण लकडाउन हुँदा भारतका विभिन्न स्थानमा रोजगारीका लागि पुगेका स्वदेश फर्कने नेपालीको संख्या कपिलवस्तुको नेपाल–भारत सीमा क्षेत्र दशगजामा बढेको छ ।

    भारत सरकारले लकडाउन केही खुकुलो बनाएपछि विभिन्न स्थानमा रोजगारीमा गएका नेपालीको स्वदेश फर्कनेक्रममा दशगजा आउनेको सख्या बढेको हो ।



    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सबैभन्दा बढी जिल्लाको सीमा नाका मर्यादपुरमा ३९४ जना सीमा क्षेत्रमा बसेका छन् । यसै गरी भिल्मीमा ३३७, कृष्णनगरमा ३३३, हरदौनामा २८८ र चाकरचौडामा १५० जना छन् । यस्तै हथिहवा र विजयनगरमा १६० नेपाली दशगजामै बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।



    सीमा क्षेत्रको दशगजा क्षेत्रमा बसेका उनीहरुको स्वास्थ्य परीक्षण गरेर ल्याउने, क्वारेन्टाइन राख्ने वा भारतकै क्वारेन्टाइनमा पठाउने भन्नेमा छलफल भइरहेको प्रशासनको भनाइ छ । यस विषयमा गृह मन्त्रालयबाट कुनै निर्देशन नआएकाले के गर्ने भन्ने निर्णय गर्न नसकिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । “अहिलेसम्म कुनै निर्णय आएको छैन, निर्णय आउनासाथ हामी व्यवस्थापन गर्छाैँ”, पौडेलले भने, “अहिले कतिपय नजीकैको स्थातीय तहले खानाको व्यवस्था गरेका छन् ।”

    सीमा क्षेत्रमा पाल टाँगेर बसेका नेपालीले नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । केही व्यक्ति राति लुकेर नेपाल प्रवेश गरे पनि आफूहरुले भने सरकारको निर्देशन पर्खेको मर्यादपुर दशगजा क्षेत्रमा रहेका भिखु पासीले बताए । “राति शीत पर्छ, जाडो हुन्छ, खान पाइँदैन, शौचालय जाँदा दुवै देशका सुरक्षाकर्मीले भाग्न लागेको भनेर गोली हान्छन् कि भन्ने डर लाग्छ”, उनले भने, “हामीलाई सरकारले छिटो व्यवस्थापन गर्न जरुरी छ, स्वास्थ्य परीक्षण गरेर प्रवेश गर्न दिनुपर्छ ।”

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार