काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बैठक बस्दै छ ।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बैठक बस्न लागेको हो । आजको बैठकमा पनि देशभर गठबन्धन विपरित उठेका बागी उमेदवारहरुलाई फिर्ता गराउने विषयमा छलफल हुनेछ ।
निर्वाचनका सम्बन्धमा तल्ला तहमा भइरहेको गतिविधिका विषयमा पनि छलफल हुनेछ । बैठकमा बागी उमेदवारी फिर्ताबारे छलफल हुने समिति सदस्य तथा जनमोर्चाका नेता हिमलाल पुरिले जानकारी दिए ।
आधिकारिक उम्मेदवारलाई निर्वाचत जित्न कठिन हुनेगरी बागी उम्मेदवारी परेको हो । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी मनोनयन फिर्ताको समय तोकेको छ ।
Leave a Reply