Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • देशभर एक लाख ५३ हजार १४५ जनाको मनोनयन दर्ता, कुन पालिकामा कति ? [सूचीसहित]

    देशभर एक लाख ५३ हजार १४५ जनाको मनोनयन दर्ता, कुन पालिकामा कति ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १५ बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा सोमबार ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

    निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।



    निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुखमा तीन हजार ५१८, उपप्रमुखमा दुई हजार १७४ जनाको मनोनय दर्ता भएको छ ।



    यसैगरी अध्यक्षमा तीन हजार ३९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार