Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • ट्युसन क्लास दिन आउने गगनसँग नयाँ र सिकारु नेता भिड्न तयार छन् : अध्यक्ष ओली

    ट्युसन क्लास दिन आउने गगनसँग नयाँ र सिकारु नेता भिड्न तयार छन् : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • बिहिबार, १५ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घोषणापत्रको बहसमा आउनेलाई स्वागत गर्ने बताएका छन् ।

    बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बालकोट गएर ट्युसन पढाउने अभिव्यक्ति दिएका कांग्रेस महामन्त्री गगन थापातर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।



    उनले ट्युसन क्लास दिन आउने गगनलाई नयाँ र सिकारु नेता भिडाउने बताए । उनले भने,‘कोही ट्युसन क्लासहरु चलाउन तयार छन् भने हाम्रो लागि ठूलो कुरा होइन । भर्खर भर्खर पास गरेका थुप्रै जना छन्। हामी भिडादिउँला। हामी बहस गराइदिँउला।’



    उनले नेपाली कांग्रेसको विचार शून्य रहेको भन्दै वैचारिकरुपले कुहिराको काग भएको बताए । अध्यक्ष ओलीले निर्वाचनको बेला उम्मेदवारको चरित्र हत्या गर्न ‘मिटु’ अभियान ल्याउने गरिएको बताए । उनले मिटुको कुनै जवाफ नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार