काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने ३४ बर्षीय दिनेश भक्त वली रहेका छन् ।
उनले पिडितलाई पौसा नभएको प्रभु बैंक र एसविआई बैकको चेक दिएको बताइएको छ । पिडितको उजुरि पछि वलीलाई उच्च अदालत पाटनले गत २०७७ चैत्र १७मा १२ दिन कैद सजाय र २३ लाख ६५ हजार जरिवाना ठहर गरेको थियो ।
फैसला पछि फरार रहेका वलीलाई बैशाख ११ गते ललितपुरबाट पक्राउ गरि जील्ला अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
Leave a Reply