काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकामा एउटै पार्टीबाट श्रीमान् श्रीमतीले मेयर र उपमेयरमा उम्मेदवारी दिएका छन् ।
वैशाख ३० गते हुने पालिका तहको चुनावका लागि खाँदबारी नगरपालिकाको मेयरमा श्रीमान् सिताराम तिम्सिना र उपमेयरमा मैयाँदेवी चिमरियाले उम्मेदवारी दर्ता गराएका हुन् ।
दुवैजनाले समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिएका हुन् ।
जिल्लामा ठूला पार्टीहरुमा टिकट ल्याउने विषयमा हानथाप र टिकट नदिएकै विषयमा पार्टी छोड्ने देखि बागी उम्मेदवारी उठिरहेको समयमा तिम्सिना दम्पतीले भने मेयर उपमेयरकै टिकट हात पारेका छन् ।
खाँदबारी नगरपालिकामा मेयर पदका लागि लागि ३ जना स्वतन्त्र सहित ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
Leave a Reply