काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन्।
सिंहको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित कार्यक्रमबाट संकल्प पत्र सार्वजनिक गर्ने तयारी छ।
सिंहले शिक्षा, स्वास्थ्य, रोजगार, ऐतिहासिक तथा साँस्कृतिक क्षेत्र संरक्षणजस्ता मुद्दा उठाउँदै आएकी छन्। उनले निस्शुल्क खानेपानी र शौचालयको व्यवस्थापन मिलाउने, श्रमिकका छोराछोरीलाई सामुदायिक विद्यालयमा शिशु स्याहार केन्द्र, बागमती र विष्णुमती सरसफाइजस्ता विषय उठाएकी छन्।
सत्ता गठबन्धन दलहरुबीच भएको भागबन्डा अनुसार काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कांग्रेसले नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अघि सारेको छ । उपमेयरको उम्मेदवार भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन् ।
Leave a Reply