Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • स्थानीय तह निर्वाचन : उम्मेदवारी दिनेको संख्या एक लाख ५२ हजार ४६५ पुग्यो

    स्थानीय तह निर्वाचन : उम्मेदवारी दिनेको संख्या एक लाख ५२ हजार ४६५ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्नेको संख्या हालसम्म एक लाख ५२ हजार ४६५ पुगेको छ ।

    यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरिएको थियो । यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ ।



    निर्वाचन आयोगको प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६, उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ ।



    आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार