Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आर्थिक वर्ष २०७७/०७८ को बजेट: द्रुत आर्थिक विकास सरकारको लक्ष्य

    आर्थिक वर्ष २०७७/०७८ को बजेट: द्रुत आर्थिक विकास सरकारको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 5.9K
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता तथा सिद्धान्तहरु प्रतिनिधि साभाको बैठकमा प्रस्तुत गरेका छन्। आइतबार आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा अर्थमन्त्री खतिवडाले सरकारको प्राथमिकता प्रस्तुत गरेका हुन्।

    सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण अर्थतन्त्रमा देखापरेको शिथिलता अन्त्यगरी आर्थिक गतिविधि अगाडि बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने गरी तयारी भएकाे अर्थमन्त्री खतिवडाले बताए।



    अर्थतन्त्रलाई थप गतिशील बनाउन रोजगारी सिर्जना गराउने खालका गतिविधि आगामी वर्षको बजेटमा प्राथमिकता दिइने अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए । मुलुकभित्र उत्पन्न हुने बेरोजगारी समस्या र विदेशमा रोजगारी गुमाएर फर्कने युवालाई रोजगारीमा समावेश गराउन कृषि, साना घरेलु र सेवा क्षेत्रमा लगाइने गरी कार्यक्रम आउने मन्त्री खतिवडाले बताएका छन्।



    अर्थमन्त्री डा. खतिवडाका अनुसार जनताको द्रूत विकासको चाहना, राज्यका निर्देशक निर्देशक सिद्धान्त, १५ औं योजना, कोरोनाबाट सिर्जना हुने संकटलगायतलाई ध्यानमा राखेर आगामी आवको बजेट निर्माण हुने छ । उनका अनुसार विश्वव्यापी महामारीले सिर्जना गरेको शिथिल परिस्थितिको अन्त्य गर्दै आर्थिक गतिविधिलाई अगाडि बढाउने खालका कार्यक्रमहरू बजेटमा समावेश हुने भएका छन् ।

    सार्वजनिक खर्चको प्राथमिकरण गर्ने र अति आवश्यक भएमा मात्र बजेट र प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका आयोजनालाई बजेट अभाव हुन नदिने प्रतिबद्धता अर्थमन्त्री खतिवडाले गरेका छन्। यस्तै विद्युतीय प्रणालीबाट राजस्व तिर्ने नीतिलाई प्राथमिकता दिने र राजस्वको दायरा बढाउने घोषणा समेत अर्थमन्त्रीले खतिवडाले संसदमा गरेका हुन्। रोजगारी सिर्जनालाई एकीकृत रुपमा अगाडि बढाउन संघ, प्रदेश र स्थानीय तहमा समेत समन्वय गरिने भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार