Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • सबैभन्दा असफल आईजीपीको रुपमा दर्ज भएर बिदा हुँदै शैलश थापा क्षेत्री

    सबैभन्दा असफल आईजीपीको रुपमा दर्ज भएर बिदा हुँदै शैलश थापा क्षेत्री

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 2.4K
    SHARES

    काठमाडौं। केपी ओलीको सरकारले  शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८औं आईजीपी बनाएपछि सबैतिरबाट योग्य व्यक्तिको नियुक्ति भन्दै प्रसंशा भएको थियो ।

    तर, नेपाल प्रहरीको इतिहासमा सबैभन्दा असफल प्रहरी महानिरीक्षक (आईजीपी) को रुपमा  दर्ज भएर शैलश थापा क्षेत्री बिदा हुन लागेका छन्।



    आईजीपी क्षेत्री कतिसम्म कमजोर बने भने एक जना एआईजीको दरबन्दी थपिँदा पनि उनले कुनै सुचना पाउन सकेनन् ।



    बिश्वराज पोखरेललाई ओली सरकारले गरेको बिबादास्पद बढुवामा उनी निरीह साबित भएका थिए।

    आईजीपी क्षेत्रीले आफ्नो कार्यकालमा एउटा पनि उल्लेखनिय काम गर्न सकेनन् ।  आफ्नो कार्यकालमा चाहेर पनि निर्मला पन्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्न नसकेको बताएका छन्। आज पत्रकार सम्मेलन गरि क्षेत्रीले निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रयास गरे पनि सफल हुन नसकेको बताए।

    बैशाख १८ गते अवकाश पाउन लागेका क्षेत्रीले २२ महिना प्रहरी महानिरीक्षक हुँदा अपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धान गर्न सफल भएको दाबी गरेका छन्। तर उनको कार्यकालमा तराईमा जस्तो तस्करी कहिल्यै पनि नभएको बिभिन्न घटनाक्रमहरुले देखाइसकेका छन् ।

    क्षेत्रीका कारण नेपाल प्रहरीका इमान्दार कर्मचारीहरुको शिर निहुरिएको छ ।

    क्षेत्री आँफैले  कारवाही गरेका एसपी र डिएसपीलाई इन्चार्ज बनाएर निरीह साबित भए ।

    क्षेत्रीले शक्तिकेन्द्रबाट आएको निर्देशनलाई नकार्न सकेनन्।  बालाजु र गजुरीबाट आँफैले  कारबाही गरेर तानेका डिएसपी विश्वराज खड्कालाई उनैले काज सरुवा गरी दरबारमार्गमा पठाएर पुरस्कृत गरे ।

    त्यस्तै, घुस काण्डमा आँफैले कारवाही गरेका  एसपी रामेश्वर यादबलाई क्षेत्रीले सिन्धुपाल्चोक जिल्लाको प्रमुख बनाएर पुरस्कृत गरेका थिए । आईजीपी क्षेत्रीले गृह र बालुवाटारमा राम्रोसँग कन्भिन्स  तथा डिल गर्न नसक्दा राजनीतिक हस्तक्षेप भएको प्रहरी अधिकारीहरु नै वताउँछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार