सप्तरी । सप्तरीमा बिहेमा डिजे बनाउने विषयमा विवाद हुँदा एकजनाको मृत्यु भएको छ ।
सोमबार राति एक समूहको कुटपिटबाट खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार विहान मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
युवकको मृत्यु भएपछि दोषीलाई कारबाही माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गको कल्याणपुर–कडरबोना खण्डमा बिहान १० बजेदेखि सडक अवरुद्ध पारेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले कुटपिटमा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
Leave a Reply