Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लिपुलेक प्रकरण

    भारतले भूमि मिच्यो भनेर पश्चाताप गरेर बस्ने कि, हाम्रो भूमि प्रयोग गर्न दिन्नौं भन्ने ?

    भारतले भूमि मिच्यो भनेर पश्चाताप गरेर बस्ने कि, हाम्रो भूमि प्रयोग गर्न दिन्नौं भन्ने ?

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका  सांसद गगन थापाले भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस तयार रहेको वताएका छन् ।

    प्रतिनिधिसभाको आज बसेको बैठकमा कांग्रेसका सांसद गगन थापाले भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न कांग्रेस तयार रहेको बताए।



    सांसद थापाले भारतले नेपाली भूमि मिचिरहेको अवस्थामा सरकारले कांग्रेसबाट के सहयोगको अपेक्षा गरेको छ भन्ने आफूले जान्न चाहेको बताए।



    हाम्रो भूमिमा एक इन्च पनि तलमाथि भयो भने नेपालले छाड्नेवाला छैन भनेर प्रस्टसँग भन्नुपर्ने भन्दै उनले भने, “भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस र सिंगो नेपाली जनता तयार छ । सरकारले हामीसँग के अपेक्षा गरेको छ, हामी जान्न चाहन्छौं ।” भारतले नेपाली भूमि लिपुलेकमा बाटो बनाएको विषयमा सरकारले विरोध गर्नुपर्ने पनि बताए ।

    थापाले केही समय पहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कालापानी क्षेत्रमा गरेको भ्रमणप्रति समेत प्रश्न उठाएका छन् ।

    सांसद थापाले भारतले नेपाली भू–भागमाथि भएको अतिक्रमणको विरोध गर्दै गर्दै थापाले रक्षामन्त्री पोखरेलले भ्रमण र सरकारको काम कारबाहीबारे प्रश्न उठाएका हुन् । ‘केही समय पहिले रक्षामन्त्रीले यो ठाउँको अवलोकन गर्नु भएको थियो, के त्यो तीर्थयात्रा थियो ?’, उनले भने, ‘थिएन भने उहाँले सरकारलाई के बताउनु भयो र सरकारले त्यो बीचमा के काम गर्‍यो ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार