Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • शेखर कोइरालाले भने -टिकट वितरणमा आर्थिक चलखेल भयाे

    शेखर कोइरालाले भने -टिकट वितरणमा आर्थिक चलखेल भयाे

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय चुनावको टिकट वितरणमा देशैभर नै असन्तुष्टि रहेको बताएका छन् ।

    बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले स्थानीय चुनावको टिकट वितरणमा देशैभर नै असन्तुष्टि रहेको आफूले सुनेको बताएका हुन् ।



    लामो समयदेखि पार्टीमा बसेर काम गरिरहेका नेता/कार्यकर्ताले पार्टी छाड्नुपर्ने अवस्था आउनु दुःखद भएको समेत उनको भनाइ छ। ‘अहिले टिकट वितरणलाई लिएर साथीहरुको असन्तुष्टि देशभरिबाट सुन्दैछु,’ उनले लेखेका छन्, ‘जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु यतिखेर पार्टी छाडी अन्य पार्टीमा ओत लाग्न पुगेका छन्।’



    टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्नेसमेत सुनिएको उनले बताए। स्वतन्त्र र बागी उम्मेदवारी दिएका पार्टीका नेता/कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा फर्कन आग्रह पनि गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार