Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतले निम्त्याएको सीमा बिबादमा चीन पनि जोडिन पुग्यो : प्रचण्ड

    भारतले निम्त्याएको सीमा बिबादमा चीन पनि जोडिन पुग्यो : प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं।  नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ले भारतले नेपालको सीमा मिचेको बिबाद कूटनीतिक र उच्च राजनीतिक तहबाट समाधान हुनुपर्ने वताएका छन्।

    भारतले नेपालको लिपुलेक भएर चीनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माण गरेको विषयमा छलफल गर्न आयोजित प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा भारतले लिपुलेक भएर चीन जाने सडक निर्माण गरेसँगै सीमा विवादमा चीन पनि जोडिन आइपुगेको वताए।



    अब यो समस्या समस्या  तीनवटै देशको समझदारीमा समाधान हुनुपर्ने दाहालले बताए । लिपुलेकलाई त्रिदेशीय व्यापारिक नाका बनाउन सकिने उनको भनाइ थियो ।



    सांसदहरूले सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग समिति बैठकमा उठाएका थिए । भारतले विवगतदेखि नै लिपुलेक, लिम्पियाधुरा रा कालालापानी आफ्नो नक्सामा राख्दै आएकोमा सुगौली सन्धियता नेपालमा रहेको भूमागलाई फिर्ता ल्याउन पहल हुनुपर्ने उनको भनाइ थियो ।अहिले नै यो बिषयलाई अन्तर्राष्ट्रियकरण गर्न नपर्ने उनको भनाइ थियो।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार