Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बानेश्वरमा लिपुलेक मिच्न पाइँदैन भन्दै विरोध गर्ने युवा पक्राउ

    बानेश्वरमा लिपुलेक मिच्न पाइँदैन भन्दै विरोध गर्ने युवा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले गरेकाे सडक विस्तारको विरोध गर्दै बानेश्वर पुगेको एक टोली विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । संसद भवनमा कालो झन्डासहित विरोध गर्न पुगेकाहरुसँग प्रहरीको घम्साघम्सी समेत भएको छ।

    सेभ बोर्डरको नारा लगाउँदै संसद भवन नयाँ बानेश्वरको पानी ट्याङ्की तर्फबाट सीमा मिच्न पाइँदैन भन्दै संसद भवनतर्फ अघिबढेको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाली भूमि हुँदै लिपुलेक जोड्ने भारतीय कदमविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु भारतकाे चर्काे विराेध गरेका थिए।



    संसद भवनको गेटमा पुगेका विद्यार्थीहरुले प्रहरीसँग भिड्दै गेटमा लात्ताले हानेका थिए। कुनै पनि संगठनको ब्यानर नलिइ संसद बैठक सुरु हुनासाथ उनीहरु विरोधमा उत्रिएका थिए। करिब १० देखि १५ जना विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए। उत्रिएका सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



    नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा रहेको लिपुलेकमा नेपाली भूभाग समेत मिचेर भारतले मानसरोवर जाने बाटो विस्तार गरेको विरोधमा केही दिनदेखि काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ ।शनिबार पनि भारतीय दूतावास अघि विरोध प्रदर्शन गर्न पुगेका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार