एजेन्सी । रुस-युक्रेन युद्ध अन्त्यका लागि संयुक्त राष्ट्र महासंघका महासचिव एन्टोनियो गुटेरसले पहल थालेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्नुअघि उनले विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेटवार्ता गरेका हुन् ।
महासचिव गुटेरसले संवाद, युद्धविरामका माध्यमबाट शान्ति स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने,’जतिसक्दो चाँडो युद्धविराम गर्नुपर्नेछ ।’ उनले युक्रेनमा मानवीय संकट समाधानका लागि युद्धविरामको विषयललाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । गत फेब्रुअरी २४ देखि रुस-युक्रेनबीच द्वन्द्व चर्किएको छ ।
Leave a Reply