Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • देउवाको गृहजिल्लाका नेता कर्ण मल्ल कांग्रेसबाट निष्कासित

    देउवाको गृहजिल्लाका नेता कर्ण मल्ल कांग्रेसबाट निष्कासित

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्ल पार्टीबाट निष्कासित भएका छन् ।

    नेता मल्ललाई पार्टीको विधान विपरित गतिविधि गरेको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।



    कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाका नेता मल्लले स्थानीय चुनावका लागि नेकपा एमालेसँग तालमेलको सहमति गरेका थिए । उनी सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मल्ललाई पार्टीको सदस्य समेत नरहने गरी हटाइएको जानकारी दिए ।



    पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार