काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ।
एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो।
बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ । महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको छ ।
जनता समाजवादी पार्टी र लोसपाबीच दुई स्थानीय तहमा तालमेल भएको छ।
जसमा कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा लोसपा र उपाध्यक्ष जसपाले लिएको छ। कञ्चनपुर बेलौरी नगरपालिकाको मेयरमा लोसपाको उम्मेदवार हुँदा उपमेयर जसपाले पाएको छ ।
Leave a Reply