काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना नाघेको छ ।
मंगलबार ३ः१५ बजेसम्म १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी परेको हो ।
निर्वाचन आयोगका अनुसार हालसम्म प्रमुख पदमा ३ हजार ४३० जना, अध्यक्षमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३८२ जनाको उम्मेदवारी परेको छ ।
यस्तै वडाध्यक्षमा ३४ हजार ३५७ जनाको उम्मेदवारी पर्दा बाँकी पदमा महिला सदस्य, दलित सदस्य र खुला सदस्यको उम्मेदवारी परेको छ ।
Leave a Reply