Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ८० किलो गाँजासहित मकवानपुरबाट एक महिला पक्राउ

    ८० किलो गाँजासहित मकवानपुरबाट एक महिला पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2.2K
    SHARES

    हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८० किलो गाँजासहित  एक महिलालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ६ की फुलमाया तामाङ रहेकी छिन् ।

    घरमा गाँजा लुकाई राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा घरको चोटामा बोरामा पोका बनाई राखेको गाँजा बरामद गरेको हो ।  तामाङलाई इलाका प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार